शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नोराले भनिन् – हलिउड अभिनेता ब्राड पिटले मलाई मेसेज पठाएका थिए, ट्रोलर्सले के मात्रै भनेनन्

शुक्रबार, २८ असोज २०७९, १२ : ०४
शुक्रबार, २८ असोज २०७९

नोरा फतेहीले हालै एउटा अचम्मको कुरा भनेकी छिन् । नोराले हालैको एक अन्तरवार्तामा एक पटक उनको इन्स्टाग्राममा हलिउडका चर्चित अभिनेता ब्राड पिटको सन्देश आएको बताएकी छिन् । तर, सामाजिक सञ्जालमा मानिसहरूलाई नोराको यो कुरा पत्याउन गाह्रो भइरहेको छ ।

कतिले ब्राड पिटको इन्स्टाग्राममा एकाउन्ट नभएका कारण कसरी मेसेज आयो भनेर नोरालाई प्रश्न सोधिरहेका छन् भने कतिले ब्राड पिटको मेसेज आइरहेको छ भने सुकेश जस्ता ठगसँग किन ह्याङ्गआउट गरिरहेको भनेर कमेन्ट गरिरहेका छन् ।

सोसल मिडिया प्रयोगकर्ताले नोराको भनाइमा ठट्टा गरे

नोरालाई हालैको एक अन्तरवार्तामा सोधिएको थियो – यस्ता कुन चर्चित व्यक्ति हुन् जसले तपाईंलाई अचानक मेसेज गरेका छन् ? यसको जवाफमा नोराले फ्याट्टै भनिन्, ‘ब्राड पिट’ । यसबारे उनले थपिन्, ‘सायद यो कुरालाई धेरैले विश्वास गर्नुहुन्नँ होला तर ती व्यक्ति ब्राड पिट थिए जसले मलाई एकपटक डिएम गरेका थिए । ’

नोराले यत्ति कुरा के चुहाएकी थिइन् मानिसहरुले उनको यो बयानमाथि ठट्टा गर्न सुरु गरिहाले । एकजना प्रयोगकर्ताले लेखे, ‘ब्राड पिट तपाईंको डिएममा कसरी आए मलाई थाहा छैन किनभने उनको इन्स्टाग्राम अकाउन्ट नै छैन । ’

अर्कोले लेखे, ‘ब्राड पिटलाई थाहै छैन होला कि तिमी को हौ ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘ब्राड पिटले तिमीलाई मेसेज गरिरहेका थिए भने तिमी सुकेशजस्ता व्यक्तिसँग किन ह्याङ्गआउट गरिरहेकी छौ ?’

दिल्ली पुलिसले बोलाएको थियो

नोरालाई हालै दिल्ली पुलिसले सुकेश चन्द्रशेखरसँग सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा बोलाएको थियो । सुकेशबाट महँगो उपहार लिएर जेलमा भेटेको विषयमा नोरालाई पटकपटक सोधपुछ गरिएको थियो । नोराका अलावा ज्याकलिन फर्नान्डिज र निक्की ताम्बोलीजस्ता अभिनेत्रीलाई पनि यो मुद्दामा बोलाइएको थियो ।

नोरा फिल्ममा आइटम नम्बरका लागि छिन् परिचित

नोरा हालै फिल्म निर्माता करण जोहर र अभिनेत्री माधुरी दीक्षितसँग डान्स रियालिटी शो झलक दिखला जा १० मा जजको रूपमा देखिएकी थिइन् । उनले सन् २०१३ मा फिल्म रोर : टाइगर्स अफ द सुन्दरबनबाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन् । त्यसपछि उनी स्ट्रीट डान्सर जस्ता धेरै फिल्ममा देखिएकी थिइन् । नोरा मुख्यतया चलचित्रमा आइटम नम्बर गर्नका लागि परिचित छिन् । यीबाहेक उनी बिग बोस ९ मा पनि देखिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप