आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

इराकको राष्ट्रपतिमा रसिद निर्वाचित

शुक्रबार, २८ असोज २०७९, १२ : ३०
शुक्रबार, २८ असोज २०७९

इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद निर्वाचित भएका छन् । संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए । नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो । 

देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ ।  नवनिर्वाचित राष्ट्रपति रसिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गरेका हुन् । 

मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रसिदलाई समर्थन गरेका थिए भने ९९ जनाले सालेहलाई मतदान गरेका थिए । नयाँ राष्ट्रपति चयन गर्न इराकको संसद यसअघि दुई पटक सम्म असफल भएको थियो । 

अहिले ७८ वर्ष उमेर पुगेका रसिद यसअघि सन् २००३ देखि २०१० सम्म जलश्रोत मन्त्री भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप