चाउमिन फ्याक्ट्रीमा आगलागी, दुई करोड बढीको क्षति
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ४ मा सञ्चालन गरेको चाउमिन फ्याक्ट्रीमा शुक्रबार आगलागी भएको छ । चाउमिन पकाउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको प्रहरीको भनाइ छ ।
आगलागीको सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेको कमाण्डमा ४० जनाको प्रहरी टोली खटिएको थियो । धुलिखेल नगरपालिकाबाट–१ वटा, भक्तपुर नगरपालिकाबाट–१ र पाँचखालबाट–१ वटा गरी जम्मा ३ वटा दमकल, बनेपा नगरपालिकाबाट–२ वटा पानी ट्याङ्कर, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरू समेत मिलेर दिउँसो आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट शम्भु कार्की सामान्य घाइते भई उपचारको लागी धुलिखेल अस्पताल पटाइएकोमा उपचार पश्चात् डिस्चार्ज भएका छन् । आगलागीबाट सानो ठुलो चाउचाउ बनाउने मेसिन १५ थान, चाउचाउ बनाउने सामाग्रीहरु, लत्ता कपडा तथा अन्य सरसामानहरू पूर्ण रूपमा जली नष्ट भएको छ । प्रहरीका अनुसार करिब दुई करोड २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
-
लैङ्गिक हिंसाविरुद्ध एकीकृत कानुन बन्दै, मानव बेचबिखन नियन्त्रण ऐन संशोधन हुने
-
शहिद परिवारका १६ जनालाई प्राधिकरणमा रोजगारी
-
इनड्राइभमा यात्रा गर्दा विश्वकप फुटबल हेर्ने फ्री पास जित्ने मौका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण