शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चाउमिन फ्याक्ट्रीमा आगलागी, दुई करोड बढीको क्षति

शुक्रबार, २८ असोज २०७९, २१ : ०८
शुक्रबार, २८ असोज २०७९

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ४ मा सञ्चालन गरेको चाउमिन फ्याक्ट्रीमा शुक्रबार आगलागी भएको छ । चाउमिन पकाउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको प्रहरीको भनाइ छ ।

आगलागीको सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेको कमाण्डमा ४० जनाको प्रहरी टोली खटिएको थियो । धुलिखेल नगरपालिकाबाट–१ वटा, भक्तपुर नगरपालिकाबाट–१ र पाँचखालबाट–१ वटा गरी जम्मा ३ वटा दमकल, बनेपा नगरपालिकाबाट–२ वटा पानी ट्याङ्कर, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरू समेत मिलेर दिउँसो आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । 

आगलागीबाट शम्भु कार्की सामान्य घाइते भई उपचारको लागी धुलिखेल अस्पताल पटाइएकोमा उपचार पश्चात् डिस्चार्ज भएका छन् । आगलागीबाट सानो ठुलो चाउचाउ बनाउने मेसिन १५ थान, चाउचाउ बनाउने सामाग्रीहरु, लत्ता कपडा तथा अन्य सरसामानहरू पूर्ण रूपमा जली नष्ट भएको छ । प्रहरीका अनुसार करिब दुई करोड २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप