भोलिबाट चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशन सुरु हुने
चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन आइतबार बिहान १० बजे बेइजिङको ग्रेट हल अफ द पिपुलमा सुरु हुँदैछ । सात दिन चल्ने सम्मेलन अक्टोबर २२ मा समापन हुनेछ । ‘२० औं पार्टी सम्मेलन अक्टोबर १६ बिहान १० बजेदेखि बेइजिङको ग्रेट हल अफ द पिपुलमा सुरु हुनेछ । सम्मेलन अक्टोबर २२ सम्म हुनेछ,’ शनिबार सम्मेलनबारे पत्रकारलाई जानकारी दिन आयोजित भेटघाटमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रवक्ता सुन यलीले भनिन् ।
सुनका अनुसार शनिबार मध्यान्ह सम्मेलनको तयारी तथा एजेण्डा चयन गर्न बैठक पनि आयोजना भएको थियो । सम्मेलनबाट सी जिनपिङ तेस्रो कार्यकालको लागि अनुमोदित हुने अनुमान गरिँदैछ । यदि सी चुनिए भने केही दशकदेखि मुख्य नेतृत्व दुई कार्यकाल मात्र रहने व्यवस्थामा क्रमभंग हुनेछ ।
हरेक पाँच वर्षमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण ‘राष्ट्रिय सम्मेलन’मा सत्तारुढ पार्टी तथा सरकारका कयौं महत्वपूर्ण पदका नेतृत्व परिवर्तन हुने गर्छ । यसपटक सी दोहोरिए भने पनि अन्य धेरै पदमा भने नयाँ नेतृत्व आउने चिनियाँ सञ्चारमाध्यामहरुले बताएका छन् ।
चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व पंक्ति भने सम्मेलन सकिएको भोलिपल्ट अर्थात अक्टोबर २३ मा सार्वजनिक हुनसक्ने साउथ चाइना मर्निङ पोष्टले अनुमान गरेको छ । तथापि नेतृत्व परिवर्तनले आगामी मार्चसम्म मात्रै पूर्णता पाउनेछ । त्यस समय हुने वार्षिक संसदीय सेसनमा प्रमुख सरकारी पदमा हुने परिवर्तन अनुमोदित हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण