भोलिबाट चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशन सुरु हुने

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन आइतबार बिहान १० बजे बेइजिङको ग्रेट हल अफ द पिपुलमा सुरु हुँदैछ । सात दिन चल्ने सम्मेलन अक्टोबर २२ मा समापन हुनेछ । ‘२० औं पार्टी सम्मेलन अक्टोबर १६ बिहान १० बजेदेखि बेइजिङको ग्रेट हल अफ द पिपुलमा सुरु हुनेछ । सम्मेलन अक्टोबर २२ सम्म हुनेछ,’ शनिबार सम्मेलनबारे पत्रकारलाई जानकारी दिन आयोजित भेटघाटमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रवक्ता सुन यलीले भनिन् ।
सुनका अनुसार शनिबार मध्यान्ह सम्मेलनको तयारी तथा एजेण्डा चयन गर्न बैठक पनि आयोजना भएको थियो । सम्मेलनबाट सी जिनपिङ तेस्रो कार्यकालको लागि अनुमोदित हुने अनुमान गरिँदैछ । यदि सी चुनिए भने केही दशकदेखि मुख्य नेतृत्व दुई कार्यकाल मात्र रहने व्यवस्थामा क्रमभंग हुनेछ ।
हरेक पाँच वर्षमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण ‘राष्ट्रिय सम्मेलन’मा सत्तारुढ पार्टी तथा सरकारका कयौं महत्वपूर्ण पदका नेतृत्व परिवर्तन हुने गर्छ । यसपटक सी दोहोरिए भने पनि अन्य धेरै पदमा भने नयाँ नेतृत्व आउने चिनियाँ सञ्चारमाध्यामहरुले बताएका छन् ।
चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व पंक्ति भने सम्मेलन सकिएको भोलिपल्ट अर्थात अक्टोबर २३ मा सार्वजनिक हुनसक्ने साउथ चाइना मर्निङ पोष्टले अनुमान गरेको छ । तथापि नेतृत्व परिवर्तनले आगामी मार्चसम्म मात्रै पूर्णता पाउनेछ । त्यस समय हुने वार्षिक संसदीय सेसनमा प्रमुख सरकारी पदमा हुने परिवर्तन अनुमोदित हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर