लोकगायक राजु परियारलाई पितृ शोक
चर्चित लोकगायक राजु परियारलाई पितृ शोक परेको छ । उनका ७२ वर्षीय बुबाको आइतबार बिहान निधन भएको हो । गायक परियारले सामाजिक सञ्जालमार्फत बुबाको निधनको खबर सार्वजनिक गरेका हुन् । लमजुङको बेंसीशहर नगरपालिका–२, चिसापानी घर भएपनि पछिल्लो समय चितवन भीमनगर बस्दै आएका परियारको उपचारको क्रममा निधन भएको हो । ३–४ वर्षयता फोक्सोसम्बन्धी समस्याबाट पीडित परियारको केही अगाडि काठमाडौंमा उपचार भएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई चितवन पुर्याइएको थियो ।
उनले फेसबुकमा लेखेका छन्– ‘बुवा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो । दसँैको टिका लगाउँदा भन्नुभाथ्यो । अर्को सालको दसैं म नहुन पनि सक्छु भनेर ! । सायद हजुरलाई थाहा थियो होला यी कुरा तर मलाइ भन्नुभएन किन ? जे होस् मेरो बुवाको जेठो छोरा म ... मेरो बुवाको अधुरा सपनाहरु सकेसम्म पुरा गर्नेछु । म बाट सदाका लागि बुवा भन्ने शब्दले बिदा माग्यो ! आत्माको चिर शान्तिको कामना बुवा हजुर ! मरन सत्य छ, तर मसँग झझल्को र आँसु बाहेक केहि छैन बुवा ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण