डेंगु संक्रमित महिलाको मृत्यु

उपचारका क्रममा डेंगु सङ्क्रमित महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार असोज २४ गते उपचारका लागि कलेजमा भर्ना भएकी उनको उपचारको क्रममा गत शुक्रबार मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार डेङ्गु सङ्क्रमण भई चितवनका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या योसहित तीन पुगेको छ ।
जसमध्ये दुई जना चितवनका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये एक हजार छ सय २१ जनामा डेङ्गु देखिएको उनले जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये एक हजार ८३ जना चितवनका रहेका छन् ।
दुई सय तीन जनाको ठेगाना नखुलेको र तीन सय ३५ जना बाहिरी जिल्लाका रहेका छन् । सात हजार एक सय ८४ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टि भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण छ : सांसद साउद
-
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र कनेक्ट आइपीएसबाट गर्न सकिने
-
प्रदीप र गौरव लिएर नयाँ फिल्म बनाउँदै शर्मिला
-
प्रतिनिधिसभामा सांसदहरूले उठाए भारत–पाकिस्तान तनावको विषय
-
कृजलको अलराउन्ड प्रदर्शनमा अपीले एलआरआईलाई सजिलै हरायो
-
पशुपति क्षेत्रमा दर्जनौँ बटुकहरूको सामूहिक व्रतबन्ध (तस्बिरहरू)