डेंगु संक्रमित महिलाको मृत्यु
उपचारका क्रममा डेंगु सङ्क्रमित महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार असोज २४ गते उपचारका लागि कलेजमा भर्ना भएकी उनको उपचारको क्रममा गत शुक्रबार मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार डेङ्गु सङ्क्रमण भई चितवनका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या योसहित तीन पुगेको छ ।
जसमध्ये दुई जना चितवनका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये एक हजार छ सय २१ जनामा डेङ्गु देखिएको उनले जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये एक हजार ८३ जना चितवनका रहेका छन् ।
दुई सय तीन जनाको ठेगाना नखुलेको र तीन सय ३५ जना बाहिरी जिल्लाका रहेका छन् । सात हजार एक सय ८४ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टि भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण