आफू राम्रो र अरू नराम्रो भन्दै प्रचारप्रसार गर्न नपाइने
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ । राजनीतिक दलका उम्मेदवारहरू तथा स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो ।
आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए । आयुक्त भण्डारीले उम्मेदवारहरूले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए ।
घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरे । घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिता विपरीत हुने उनको भनाइ छ । आचारसंहिताको परिधिभित्र बसेर कानुनी सजाय नपाउने गरी घरदैलो गर्न उनले उम्मेदवारहरूलाई आग्रह गरे ।
उनले उम्मेदवारहरूले आफू राम्रो र अरू नराम्रो भनी प्रचारप्रसार गर्न नपाइने उल्लेख गरे । उम्मेदवारहरूलाई आफ्नो घोषणापत्र अनुरूप र आफूले गर्ने कामहरूको मात्रै प्रचारप्रसार गर्न उनको सुझाव छ । अरू दल र स्वतन्त्र उम्मेदवारहरू नराम्रो भनी प्रचार गर्न नपाइने उहाँले उल्लेख गरे । आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लङ्घन भएमा आयोगले उम्मेदवारको मनोनयन पत्र खारेजसम्म गर्न सक्ने बताए ।
आयुक्त भण्डारीले आयोगले हालसम्म दर्जनौँ उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिए । स्पष्टीकरण चित्तबुझ्दो नभएमा थप कानुनी कारबाही अगाडी बढाइने र आचारसंहिता पालना गराउने सन्दर्भमा आयोग निर्मम र निर्दयी भएर अघि बढ्ने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण