बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सल्यानमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ वटा चुनाव चिह्नसहितको मतपत्र

सोमबार, ३१ असोज २०७९, १२ : १५
सोमबार, ३१ असोज २०७९

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि प्रत्यक्ष तर्फको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ । यसै क्रममा कर्णाली प्रदेशको सल्यान जिल्लामा प्रतिनिधिसभातर्फ ७ चुनाव चिह्न रहेको मतपत्र आयोगले सार्वजनिक गरेको हो ।

सल्यानमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ । यहाँ सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला उम्मेदवार छन् । यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर (१) मा ५ चुनाव चिह्न र क्षेत्र नम्बर (२) मा ६ चुनाव चिह्नसहितको मतपत्र आयोगले सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप