बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरानलाई प्रतिबन्ध लगाउने विषयमा इयू विदेश मन्त्रीहरूबीच छलफल

मङ्गलबार, ०१ कात्तिक २०७९, ०९ : ११
मङ्गलबार, ०१ कात्तिक २०७९

इयू विदेश मन्त्रीहरूले इरानमा प्रतिबन्धहरू लगाउने विषयमा बैठक गरेका छन् । उनीहरूले हिजाब विरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूमाथि सरकारको क्रुर दमनको निन्दासमेत गरेका छन् । त्यस्तै, तेहरानसँग मर्रिबन्ड आणविक सम्झौतालाई पुनर्जीवित गर्ने आवश्यकतामा पनि जोड दिएका छन् । विदेशमन्त्रीहरूको बैठकअघि इयू राजदूतहरूले सहमति जनाएका प्रतिबन्धहरूको सूचीमा ११ इरानी अधिकारी र चार संस्थाहरू छन् । तिनीहरूमाथि इयूको  भिसा प्रतिबन्ध र सम्पत्ति रोक्का गरिनेछ ।

प्रतिबन्धहरूमा लक्षित हुनेहरूमध्ये ‘तथाकथित नैतिकता प्रहरी हुुन् तर त्यहाँ भएका अपराधहरू देख्दा यो वास्तवमै उपयुक्त नहुने शब्द हो’,जर्मन विदेशमन्त्री अन्नालेना बेरबकले भने । एक महिनाअघि प्रहरी हिरासतमै मृत्यु भएकी २२ वर्षीय युवतीको विषयलाई लिएर देशभर प्रदर्शन भएका छन् ।  

प्रहरी र प्रदर्शनकारीबीच भएका झडपहरूमा ८० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ भने हिरासतमा राखिएका दर्जनौँमाथि मुद्दा लगाउने तयारी गरिएको छ । इरानमा हिजाबविरोधी प्रदर्शनमा संसारभरका महिलाहरुले ऐक्यबद्धता देखाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप