धान काट्न जाँदा अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु
मङ्गलबार, ०१ कात्तिक २०७९, १२ : २५
सल्यानमा अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको सिद्ध कुमाख गाउँपालिका–१ की २१ बर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेको सल्यान प्रहरीले जानकारी गराएको छ ।
उनीहरु धान काट्न खेतमा गएका थिए । काटेर साँझ घर फर्किने क्रममा अरिङ्गालले टोकेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी सन्तोष खनालले श्रीनगर स्थित परोपकार हस्पिटलमा सामान्य उपचारपछि कोहलपुर लैजाँदै गर्दा छोरीको बाटोमा मृत्यु भएको बताए । शोभाको मंगलबार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यू भएको हो।
अरिङ्गालले टोकेर घाइते भएका २१ वर्षीया नवीन बस्नेतको भने उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको बजेटबारे सत्तापक्षकै चर्को विरोध, प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
-
नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? : दुलाल
-
कर्णालीमा पर्यटनतर्फको झन्डै ८० प्रतिशत बजेट मठ–मन्दिर, कुल देउता, देवी र माताका थानमा
-
जेनजी आन्दोलनबारे मानवअधिकार आयोग प्रतिवेदनको १७७ नम्बर बुँदा सच्याउन एमालेको निवेदन (पूर्णपाठ)
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण