राजु गुरुङको रिट न्यायाधीशद्वय माथेमा र रेग्मीको इजलासमा

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राजु गुरुङको उम्मेदवारी सम्बन्धमा परेको रिट न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । अन्तरिम आदेशको निरन्तरता सम्बन्धमा सुनुवाइका लागि बुधबार पेसी तोकिएको हो ।
सत्ता गठबन्धनका तर्फबाट रुपन्देही २ मा उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएको थियो । उम्मेदवारी खारेज विरुद्ध गुरुङ असोज २७ गते रिट लिएर सर्वोच्च गएका थिए ।
रिटमा उम्मेदवार राजु गुरुङले कर्जा सूचना केन्द्रको कालोसूचीमा आफू नभई आफू आवद्ध रहेको संस्था नर्थ वेष्ट नेपा इन्फ्रा प्रालि मात्रै रहेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने जिकिर गरेका छन् ।
असोज ३० गतेको पेसीमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले कात्तिक २ गते बुधबारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी कायम गर्न आदेश दिएका थिए । सर्वोच्चको आदेशसँगै निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नम्बर २ ले गुरुङको उम्मेदवारी कायम रहेको सूचना प्रकाशन गरेको थियो ।
दुई न्यायाधीश रहने संयुक्त इजलासले गुरुङको उम्मेदवारी कायम नै रहने वा निर्वाचन अधिकृतको कार्यालयको निर्णय सदर हुने भन्ने सम्बन्धमा आदेश दिनेछ । अन्तरिम आदेशको निरन्तरता हुने आदेश भएमा उनी उम्मेदवार कायम रही निर्वाचनमा भाग लिन पाउनेछन् भने उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णय सदर भए उम्मेदवारको दौड सकिने छ । मुद्दाको अन्तिम किनारा लाग्दा समय लाग्नसक्ने वा बुधबार नै रिट खारेजसमेत हुनसक्ने भएकाले गुरुङको उम्मेदवारी कायम हुने वा नहुने विषयको टुङ्गो बुधबार नै लाग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते