नेपाली मुलकी परिजिता अमेरिकी भ्वाइसको अर्को चरणमा प्रवेश
बुधबार, ०२ कात्तिक २०७९, १६ : ५१
अमेरिकाको मेरिल्याण्डमा बस्दै आएकी नेपाली मुलकी परिजिता बास्तोला अमेरिकी द भ्वाइसको अर्को चरणमा प्रवेश गरेकी छिन् । उनले गत अक्टोबर १८ मा भएको गायन प्रतियोगितामा प्रतिस्पर्धी द मारिलिन्ड्सलाई उछिन्दै उनी अर्को चरणमा प्रवेश गर्न सफल भएकी हुन् ।
१७ वर्षीया बास्तोला अमेरिकामै जन्मेकी र दोस्रो पुस्ताकी युवा प्रतिभाशाली तथा उदयीमान गायिका हुन् । उनलाई निर्णायक जोन लिजेन्डले अर्को चरणमा लगेका थिए । मंगलबार उनको प्रतिस्पर्धा द मारिलिन्ड्ससँग भएको थियो । उनीहरूले बी गिजद्वारा “हाउ डिप इज योर लभ ” नामक गीत गाएका थिए ।
तर अन्त्यमा लिजेण्डले परिजितालाई छनौट गरेका थिए । दुवैको प्रस्तुती अद्वितीय रहेको थियो भने निर्णायकहरुलाई दुईमा एक जनालाई छनौट गर्न मुस्किल परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण