टी-ट्वान्टी विश्वकप : वेस्ट इन्डिजको पहिलो जित
दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ । अष्ट्रेलियामा जारी आठौं संस्करण अन्तर्गत बुधबार भएको खेलमा जिम्बाबेलाई ३१ रनले हराउँदै पूर्व पहिलो जित दर्ता गर्यो ।
वेस्ट इन्डिजले दिएको १५४ रनको लक्ष्य पछ्याएको जिम्बाबे १८ ओभर २ बलमा अलआउट हुँदै मात्र १२२ रन मात्र बनायो । जिम्बाबेका लागि लुन्कि जुवान्काले २९ रन बनाउँदा वेस्लि मधिभिरीले २७ रनको योगदान गरे । वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले सर्वाधिक चार विकेट लिए । त्यस्तै जासन होल्डरले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि जोहन्सन चाल्र्सले सर्वाधिक ४५ रन बनाए । त्यस्तै रोभमन पावेलले २८ रन बनाएका थिए । जिम्बाबेका लागि सिकन्दर राजाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै ब्लेसिङ्ग मुजारवानीले दुई विकेट लिएका थिए । जितसँगै वेस्ट इन्डिजले दुई खेलमा २ अंक जोडर समूह ‘बी’ को चौथो स्थानमा छ । जिम्बाबे भने दुई खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । वेस्ट इन्डिज पहिलो खेलमा स्कटल्यान्डसँग ४२ रहले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण