टी-ट्वान्टी विश्वकप : वेस्ट इन्डिजको पहिलो जित

दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ । अष्ट्रेलियामा जारी आठौं संस्करण अन्तर्गत बुधबार भएको खेलमा जिम्बाबेलाई ३१ रनले हराउँदै पूर्व पहिलो जित दर्ता गर्यो ।
वेस्ट इन्डिजले दिएको १५४ रनको लक्ष्य पछ्याएको जिम्बाबे १८ ओभर २ बलमा अलआउट हुँदै मात्र १२२ रन मात्र बनायो । जिम्बाबेका लागि लुन्कि जुवान्काले २९ रन बनाउँदा वेस्लि मधिभिरीले २७ रनको योगदान गरे । वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले सर्वाधिक चार विकेट लिए । त्यस्तै जासन होल्डरले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि जोहन्सन चाल्र्सले सर्वाधिक ४५ रन बनाए । त्यस्तै रोभमन पावेलले २८ रन बनाएका थिए । जिम्बाबेका लागि सिकन्दर राजाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै ब्लेसिङ्ग मुजारवानीले दुई विकेट लिएका थिए । जितसँगै वेस्ट इन्डिजले दुई खेलमा २ अंक जोडर समूह ‘बी’ को चौथो स्थानमा छ । जिम्बाबे भने दुई खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । वेस्ट इन्डिज पहिलो खेलमा स्कटल्यान्डसँग ४२ रहले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका तारे होटलकै छैन नक्सापास, कानुन विपरीत व्यापार
-
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा
-
आठौँ 'म्याङ्गो राइड' सुरु, कुलमानले गरे झन्डा हल्लाएर बिदाइ (तस्बिरहरू)
-
सङ्घीय अनुदानमा निर्भरता घटाउन कर्णालीले आन्तरिक आयमा ध्यान दिनुपर्छ
-
विराटनगरका मेयर कोइराला इजरायलबाट स्वदेश फर्किए
-
प्रदेश सधैँ अनुदानमा आश्रित हुनु हुँदैन