विदामा स्कूल खोलेको भन्दै नगरपालिकाले गरेको कारवाही शिक्षा विकासले उल्ट्यायो
कपिलवस्तुको वाणगंगा नगरपालिकामा संघीय र स्थानीय कानून मान्ने विषयमा विवाद देखिएको छ । नगरपालिकाले सबै संस्थागत विद्यालयहरूसँग छलफल गरेर दशैं र दीपावलीको बीचको समयमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर, वाणगंगा नगरपालिका–८ मा लौगाईमा रहेको कपिलवस्तु विद्या मन्दिरले उक्त निर्णयको अवज्ञा गर्दै विद्यालय खोलेको थियो ।
विद्यालय खोलेपछि नगरपालिकाले सूचना जारी गर्दै नगरले गरेको निर्णयलाई कार्यान्वयन गर्न भनेको थियो । उक्त निर्णयको अवज्ञा गर्ने विद्यालयलाई कानून बमोजिम कारवाही गरिने बताएको थियो । कारवाहीको चेतावनीपछि कपिलवस्तु विद्या मन्दिरले शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिएको थियो । उक्त निवेदनपछि इकाइले नेपाल सरकारले निषेध गरेको समय बाहेक विद्यालय खोली पठनपाठन गरे वापत विद्यालयलाई कारवाही गर्न मिल्ने कानून संघीय शिक्षा ऐन तथा नियमावलीमा कतै पनि व्यवस्था नभएको जनाएको थियो ।
नगरपालिकाले भने स्थानीय शिक्षा नियमावली अनुसार नै विद्यालयका गतिविधिहरू सञ्चालन हुने भन्दै भन्दै सोही अनुसार कारवाही हुने प्रष्ट पारेको छ । नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत खिमबहादुर जिसीले निर्णयको अवज्ञा गर्ने स्कुललाई वाणगंगा नगरपालिकाको शिक्षा ऐन २०७४ तथा शिक्षा नियमावली २०७४ अनुसार कारवाही गरिने बताए ।
‘नियम कानून बनाउँदा सबै सरोकारवाला निकायसँग समन्वय तथा छलफल गरेर बनाइएको हो । नगरपालिकाले गरेको निर्णय म मान्दिन भन्न मिल्दैन’ उनले भने । बन्दको समयमा पनि विद्यालय खोल्ने स्कुललाई कालोसूचीमा राखेर नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्का गरिने उनको भनाई छ । तर, त्यसका लागि नगर शिक्षा समितिको बैठकबाट निर्णय गरिने बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला उपचार केन्द्रमा तलब विवाद, हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण