सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा ‘मिसन लाइफ’ को शुभारम्भ

बिहीबार, ०३ कात्तिक २०७९, १८ : १५
बिहीबार, ०३ कात्तिक २०७९

प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार गुजरातको एकता नगरमा मिसन लाइफ अभियानको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री मोदीद्वारा परिकल्पना गरिएको मिसन लाइफ भारतको नेतृत्वमा विश्वव्यापीरूपमा व्यापक जनसहभागितासहित वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कार्यक्रम हो । 

मिसन  लाइफ  कार्यक्रम अन्तर्गत संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय  मञ्चहरूमा जलवायु परिवर्तन का असर सम्बोधन गर्ने र दिगो विकास लक्ष्यहरूको प्रारम्भिक उपलब्धिहरू प्रदर्शन गर्नका लागि भारतको  पहल महत्त्वपूर्ण हुने अपेक्षा राखिएको छ ।

यसअघि प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।  दुवैले केभाडियाको स्ट्याच्यु अफ युनिटीमा पुष्पहार अर्पण गरेका थिए ।  संयुक्त राष्ट्रसंघका महासचिव मिसन लाइफ (पर्यावरणका लागि जीवन शैली) पुस्तिका, लोगो र ट्यागलाइनको विमोचनमा प्रधानमन्त्री मोदीसँग सामेल भएका थिए । राष्ट्रसंघका महासचिव तीन दिने भारत भ्रमणमा  रहेका छन् ।

बुधवार गुटेरेसले विदेशमन्त्री एस जयशंकरलाई भेटी बहुपक्षीयतामा विश्वव्यापी चिन्ता र चुनौतीहरूका विषयमा छलफल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप