धनतेरसमा के किन्दा राम्रो ?
एजेन्सी – कात्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । कात्तिक मासको कृष्ण पक्षको त्रयोदशीका दिन समुन्द्र मन्थनका क्रममा भगवान धनवन्तरी एउटा कलश लिएर प्रकट भएका थिए । त्यसैले हरेक वर्ष धनतेरस पर्व मनाउने गरिन्छ । भगवान् धनवन्तरी एउटा कलश लिएर उत्पन्न भएकाले यस दिन हरेक वर्ष भाँडा किन्ने परम्परा रहेको छ ।
शुभ मुहूर्तमा आजको दिन खरिद गरिएका सामानहरुलाई पूजा गर्ने गरिन्छ । शुभ फल प्राप्त गर्नका लािग शुभ मुहूर्तमा पूजा गर्नुपर्ने हुन्छ । यस दिन केही विशेष चीज जस्तै, चाँदी, सुन, कुचो, भाँडा किन्ने परम्परा छ ।
धनतेरस पूजाको विधि
धनतेरसको पूजाका लागि प्रदोष काल सबैभन्दा उत्तम समय हो । यसै समयमा पनि सामानहरु खरिद गर्न सकिन्छ । प्रदोष कालमा घ्युको दियो जलाउने र कुबेरलाई सेतो मिठाई र धनवन्तरी भगवानलाई पहेँलो मिठाई चढाउनुपर्छ । त्यसपछि ‘ॐ ह्रीं कुबेराय नमः’ जप्ने र ‘धनवन्तरीस्तोत्र’ पाठ गर्ने । यसमा लक्ष्मी र गणेश भगवानको पूजा गर्ने गर्नुपर्छ । यसै दिन पञ्चोपचारको पूजा पनि गर्नुपर्छ । साथै, सामुन्ने माटोको दियो जलाउने र मिठाईको भोग लगाउने गर्नुपर्छ ।
धनतेरसमा के किन्ने ?
धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो
गणेश लक्ष्मीको मूर्ति
माटो वा फलामको दीयो ।
धन यन्त्र
आर्थिक लाभका लागि पानीका भाडा
कारोबारमा विस्तारका लागि धातुको दियो
सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली
स्वास्थ्य तथा आयुका लागि घन्ट
घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण