चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्यमा महिला शून्य
चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा महिला छानिएका छैनन् । पार्टीको इतिहासमा २५ वर्षपछि पहिलो पटक पोलिटब्युरोमा महिला सदस्य नछानिएका समाचारमा जनाइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान रहेकामा उनले यसपटक अवकाश पाएपछि अहिले कुनै पनि महिला पोलिटब्युरोमा छानिएका छैनन् । यसैबीच अर्को एक समाचारमा राष्ट्रपति सी चिनफिङ अर्को कार्यकालका लागि पनि चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चुनिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी जिनपिङ महासचिवमा निर्वाचित भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका दुई सय तीन सदस्य र एक सय ६८ वैकल्पिक सदस्यको सहभागिता थियो । एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक आयोजना हुने राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको हो । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण