चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्यमा महिला शून्य

चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा महिला छानिएका छैनन् । पार्टीको इतिहासमा २५ वर्षपछि पहिलो पटक पोलिटब्युरोमा महिला सदस्य नछानिएका समाचारमा जनाइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान रहेकामा उनले यसपटक अवकाश पाएपछि अहिले कुनै पनि महिला पोलिटब्युरोमा छानिएका छैनन् । यसैबीच अर्को एक समाचारमा राष्ट्रपति सी चिनफिङ अर्को कार्यकालका लागि पनि चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चुनिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी जिनपिङ महासचिवमा निर्वाचित भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका दुई सय तीन सदस्य र एक सय ६८ वैकल्पिक सदस्यको सहभागिता थियो । एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक आयोजना हुने राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको हो । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार