अपराध अनुसन्धानमा सर्वोत्कृष्ट ‘पप्पी’
नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर पुजा गरिएको छ । कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा पोख्त बनाउने युनिट केनाइन महाशाखामा कुकुरहरुले सामूहिक कला प्रदर्शनी गरेका छन् । अपराध अनुसन्धानमा यसवर्ष जमर्न सेफर्ड जातको ‘पप्पी’ सर्वोत्कृष्ट कुकुर ठहरिएको छ । ‘पप्पी’लाई केनाइन महाशाखाकी एसएसपी डा. देउती गुरुङले मेडल र पुरस्कार प्रदान गरिन् ।
कुकुरलाई प्रतिस्पर्धा गराउँदा बाधापारतर्फ बेल्जियन सेफर्ड जातेको रोज प्रथम भएको छ । हाईजम्पतर्फ बेल्जियन सेफर्ड रिया र दौडामा रुरु उत्कृष्ट भएको केनाइन महाशाखाका एसपी डा.रामचन्द्र सत्यालले रातोपाटीलाई बताए ।

रोज र पप्पी ट्रयाकर डग हुन् । रिया र रुरु चाहिँ ‘बम डग’ हुन् । उनीहरुलाई प्रहरीले विष्फोटक पदार्थ सम्बन्धी अनुसन्धानमा प्रयोग गर्दै आएको छ । कुकुर तिहारमा प्रहरीले रिमोट कन्ट्रोलमार्फत कुकुरलाई टाढैबाट संकेत दिएर काम गराउने कला पनि गराएको छ ।
वर्ष कुकुर ‘पप्पी’ ले २०७८ चैतमा काठमाडौंको शंकरापुर नगरपालिका–७ मा हरिबहादुर श्रेष्ठको शव पत्ता लगाएको थियो । चैत २९ मा घरबाट हराएका हरिबहादुरको कपडा सुँघाएर छाड्दा पप्पी शालिनदी किनारमा ढुंगामा रगत भएको ठाउँसम्म पुगेको थियो सो संकेतको आधारमा शालिनदीमा खोजतलास गर्दा हरिबहादुर मृत भेटिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
