बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना अपडेट : सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुग्यो

शुक्रबार, ११ कात्तिक २०७९, १५ : ५८
शुक्रबार, ११ कात्तिक २०७९

देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २९ जना निको भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टाको खोपको विवरण भने उल्लेख गरिएको छैन । नेपालमा कोरोना महामारीमा १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप