ब्राजिलका राष्ट्रपति बोल्सोनारोले चुनावी हार नस्वीकार्ने डर
ब्राजिलमा राष्ट्रपतिको निर्वाचन आउन दुई दिन मात्र बाँकी रहँदा वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले उनको सम्भावित पराजय नस्वीकार्ने डर बढ्दै गएको छ । पछिल्लो समय बोल्सोनारोका छोराले आफ्ना पिता ‘इतिहासकै ठूलो चुनावी धाँधली’ को शिकार भएको दावी गरेपछि यो डर थप बढेको हो ।
राष्ट्रपतिका सिनेटर छोरा फ्लाभियो बोल्सोनारोको दावी विगतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको चुनावी हारपछि प्रयोग गरेको भाषासँग लगभग समान देखिन्छ । बोल्सोनारोको सबैभन्दा प्रमुख अन्तर्राष्ट्रिय समर्थक ट्रम्पले सन् २०२० मा चुनाव हारेपछि ‘चुनावी दृष्टिकोणबाट हाम्रो देशको इतिहासमा सबैभन्दा ठूलो धाँधलीको’ भन्दै झुटो दावी गरेका थिए ।
ट्रम्पले त्यस्तो दावी गरेको केही हप्तापछि नै २०२१ जनवरी ६ मा ट्रम्प समर्थकहरुले चुनावी परिणामलाई उल्टाउने असफल प्रयासमा अमेरिकी संसद भवन(क्यापिटल हिल)मा आक्रमण गरेका थिए । धेरैले बोल्सोनारोले उनका वामपन्थी प्रतिद्वन्द्वी तथा पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग हारे भने ट्रम्पकै मार्ग पछ्याउने आशंका गरेका छन् ।
अक्टोबर २ मा पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दुई शिर्ष मत ल्याउने लुला र बोल्सोनारो आइतबार दोस्रो चरणको चुनावमा भिड्दै छन् । मत सर्वेक्षणहरुले लुला बोल्सोनारोभन्दा ४% र ५% मतले अघि रहेको देखाएको छ ।
शासनमा आएदेखि निरन्तर देशको लोकतान्त्रिक प्रणालीमाथि प्रहार गरिरहेका बोल्सोनारोले हार नस्वीकार्ने डरलाई सोमबार उनका एक मन्त्रीको भनाइले पनि बल लिएको छ । बोल्सोनारोका सञ्चार मन्त्री फाबियो फारियाले एक रेडियो कार्यक्रममा बोल्ने क्रममा अहिले बोल्सोनारो विरुद्ध ‘चुनाव प्रणालीको गम्भीर उल्लङ्घन’ भइरहेको आरोप लगाएका थिए ।
ट्रम्पले भर्खरै बोल्सोनारोलाई ‘विश्वका कुनै पनि देशका सबैभन्दा महान् राष्ट्रपतिहरू मध्ये एक’ भन्दै समर्थन जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण