कांग्रेसको एकीकृत सामाजिक सुरक्षा : कोखदेखि शोकसम्म
नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रमा समतामूलक र न्यायपूर्ण समाजमा नागरिकको जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टिले राज्यका केही निश्चित आर्थिक तथा सामाजिक दायित्व हुने उल्लेख गरेको छ । कांग्रेसले सस्तो लोकप्रियताका लागि सामाजिक सुरक्षाका खुद्रे वितरणमुखी कार्यक्रममा होइन, प्रत्येक नेपाली नागरिकले सम्मानित जीवनयापन गर्न सक्ने गरी एकीकृत सामाजिक सुरक्षा अवधारणा ल्याएको छ ।
कोखदेखि शोकसम्मको एकीकृत सामाजिक सुरक्षा अवधारणामा निम्न मान्यता रहेको छ :
१. लोकतान्त्रिक समाजमा हरेक नागरिक आत्मसम्मानका साथ बाँच्न पाउनु पर्दछ । जन्मदेखि मृत्युसम्मको जीवनचक्रमा केही निश्चित कालखण्डहरू बढी जोखिमपूर्ण हुन्छन्, जति बेला नागरिकको भरथेग गरिदिनु राज्यको दायित्व हो
२. जिम्मेवार राज्यले सामर्थ्य र आवश्यकतालाई सन्तुलनमा राख्नु पर्दछ । अल्पकालीन राजनीतिक लाभका लागि राज्यको ढुकुटी रित्याउने गरी जथाभाबी वितरणमुखी कार्यक्रम ल्याउनु हुँदैन । तर मुलुकको राजस्व, नागरिकको योगदान, संस्थागत कोषहरू र नवीन वित्तीय उपकरणहरूले धान्न सम्भव भएसम्म राज्य जनताप्रति जिम्मेवार र सहयोगी बन्नु पर्दछ ।
३. वृहत् पुनर्वितरण र सामाजिक बिमा समेटिने एकीकृत सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरी यसको उद्देश्य हासिल गर्न विशेष पहल गरिने छ । यसलाई दुरुपयोग हुन नदिन तथा यसलाई अझै नागरिकमैत्री बनाउन सरकारले उत्प्रेरकको भूमिका निर्वाह गर्दै थप सहजीकरण र सरलीकरण गर्नुपर्छ ।
नेपाली कांग्रेसको सरकारले आगामी पाँच वर्षमा राष्ट्रिय परिचय स्मार्ट कार्डका माध्यमबाट कोखदेखि शोकसम्मका निम्न कार्यक्रमहरूको एकीकृत सामाजिक सुरक्षा प्याकेज लागु गर्नेछ । वार्षिक संघीय बजेटमा सामाजिक सुरक्षाका सबै कार्यक्रमहरूको अंश १० प्रतिशत भन्दा कम हुनेछैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

