रौतहटमा मुस्लिम समुदायका महिलाले पनि मनाए छठ पर्व
उदाउँदो सूर्यलाई व्रतालुले अर्घ्य दिएपछि हिन्दुहरूको आस्थाको पर्व छठ सम्पन्न भएको छ । कडा नियम निष्ठाका साथ चल्ने चार दिन लामो छठ पर्व सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको हो।
विगतका वर्षमा कोरोना महामारीको कारण केही कमी देखिए पनि यसपटक निकै उत्साहका साथ छठ पर्व मनाइएको छ। छठ पर्वको अवसरमा कुनै अप्रिय घटना हुन नदिन जिल्लाको १८ स्थानीय तहमा रहेका छठिघाट, व्रतालु तथा घर पसलको सुरक्षार्थ दुई हजार बढी जनशक्ति परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहट मातहत रहेको ९ सय मध्ये ७०० प्रहरी तथा २९ सय मध्ये १५ सय म्यादी प्रहरी गरी कूल २२ सय जनशक्ति परिचालन गरिएको रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर ठाडा मगरले बताएका छन् ।
हिन्दुहरूले पूर्ण आस्थाका साथ मनाउने छठ पर्व मुस्लिम समुदायको महिलाहरूले पनि पूर्ण निष्ठाका साथ मनाएका छन् । रौतहटको कटहरिया नगरपालिका गमहरिया कटहरिया घाट लालबकैया नदी किनारमा मुस्लिम समुदायका केही महिलाहरूले छुट्टै पण्डाल बनाएर पुरै परिवारका साथ बसेर छठ पर्व मनाएका हुन् ।
ती महिलाका अनुसार उनका तीन जना छोराको स्वास्थ्य बिग्रँदा लाखौँ खर्चेर उपचार गर्दा पनि ठिक भएन। एक जना छिमेकी हिन्दु महिलाको सल्लाह अनुसार छठिमाताको भाकल गरेपछि तिनै जना छोराहरूको अवस्था सामान्य भएपछि पछिल्लो ४ वर्षदेखि आफूले घाटमै आएर छठ पर्व गर्दै आएको उनले खुलाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण