सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता केन्द्रित राजनीति नगर्ने राप्रपाको प्रतिबद्धता

सोमबार, १४ कात्तिक २०७९, ११ : ४२
सोमबार, १४ कात्तिक २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित घोषणा पत्रमा सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको छ । आजै सार्वजनिक गर्ने तयारी गरिएको घोषणापत्रमा राप्रपाले यस्तो प्रतिबद्धता जनाएको स्रोतको भनाइ छ ।

विगतको सत्ता केन्द्रित राजनीतिका कारण प्राप्त तितो अनुभवबाट शिक्षा लिँदै राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको स्रोत बताउँछ । ‘राप्रपा सत्तामा भन्दा सिद्धान्तमा विश्वास गर्छ,’ घोषणापत्रमा उल्लेखित विवरण उदृत गर्दै स्रोतले भन्यो,  ‘आगामी दिनमा राप्रपाको प्राथमिकता राप्रपाका मुद्दाहरु स्थापना गर्न केन्द्रित हुनेछ ।’ जनताको चाहना र अभिमतलाई आफ्नो मूल आधार मानेर राप्रपाले आगामी संसदमा आफ्नो भूमिका निर्धारण गर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप