सत्ता केन्द्रित राजनीति नगर्ने राप्रपाको प्रतिबद्धता
सोमबार, १४ कात्तिक २०७९, ११ : ४२
राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित घोषणा पत्रमा सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको छ । आजै सार्वजनिक गर्ने तयारी गरिएको घोषणापत्रमा राप्रपाले यस्तो प्रतिबद्धता जनाएको स्रोतको भनाइ छ ।
विगतको सत्ता केन्द्रित राजनीतिका कारण प्राप्त तितो अनुभवबाट शिक्षा लिँदै राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको स्रोत बताउँछ । ‘राप्रपा सत्तामा भन्दा सिद्धान्तमा विश्वास गर्छ,’ घोषणापत्रमा उल्लेखित विवरण उदृत गर्दै स्रोतले भन्यो, ‘आगामी दिनमा राप्रपाको प्राथमिकता राप्रपाका मुद्दाहरु स्थापना गर्न केन्द्रित हुनेछ ।’ जनताको चाहना र अभिमतलाई आफ्नो मूल आधार मानेर राप्रपाले आगामी संसदमा आफ्नो भूमिका निर्धारण गर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको स्रोत बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण