राप्रपा घोषणापत्र : किसानको खेत खेतमा बिजुलीको व्यवस्था
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार जारी घोषणापत्रमा राप्रपाले एकघर एक रोजगार कार्यक्रमसहित तीन वर्ष भित्र स्वदेशमै कृषि मल उत्पादन कारखाना स्थापना गर्ने सम्मको प्रतिबद्धता जाहेर गरेको छ ।
सबल र समुन्नत नेपाल निर्माणका लागि पुँजी वृद्धि, दिगो विकास, निःशुल्क शिक्षा, र स्वास्थ्य, सामाजिक सुरक्षा, समान न्याय र समतामूलक संवृद्धिका साथै राप्रपाले व्यापक रोजगारीको अभिवृद्धि गर्ने आफ्नो घोषणापत्रमार्फत बताएको छ ।
स्थानीय विकास क्षेत्रहरूमा सहयोग र सहजीकरण गर्न निश्चित समयको रोजगारी सहित प्रत्येक वर्ष १० लाख राष्ट्रिय स्वयंसेवक परिचालन गर्नेदेखि एक परिवार एक रोजगार अवधारणा कार्यान्वयन गर्ने राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ ।
यस्तो राप्रपाको आर्थिक तथा कृषि सुधारका एजेन्डाहरू
–एक परिवार एक रोजगार
–रोजगार तथा निर्यात प्रवर्द्धन गर्ने उद्योग तथा कलकारखानालाई आवश्यक कर छुट
–सातै प्रदेशमा वैदेशिक रोजगारीमा जानेहरूका लागि सीप तालिम तथा सहुलियत ऋणको सुविधा
–सहकारी क्षेत्रबाट उत्पादनमा वृद्धि, रोजगारी सिर्जना र गरिबी न्यूनीकरण गर्ने
–समयमै कृषि मल बिउको सहज आपूर्तिको व्यवस्था
–रासायनिक मल कारखाना बढीमा तीन वर्षभित्र स्थापना
–कृषिजन्य उद्योगमा स्थानीय रोजगार प्रवर्द्धनलाई प्रथम प्राथमिकता
–निर्यातमूलक कृषिजन्य उत्पादनमा प्राथमिकता
–किसानहरूलाई १५ वर्षसम्मको सहुलियतपूर्ण दरमा कर्जा प्रवाह
–कृषिजन्य वस्तुको बजार तथा उचित मूल्य सुनिश्चित गर्न थोक तथा हाट बजारको विस्तार र व्यवस्थापन
–सिँचाई कृषि सडक तथा बजार पूर्वाधारहरूको विकास तथा विस्तार
–किसानको खेत खेतमा बिजुलीको व्यवस्था
–प्रत्येक संघीय निर्वाचन क्षेत्रमा निजी क्षेत्र÷सहकारीको सहकार्यमा कृषि उपज भण्डारण/शीतघर (चिस्यान केन्द्र) स्थापना
–एक स्थानीय तह, एक उत्पादन को अवधारणा
–सामूहिक खेती (चक्लाबन्दी) लाई प्रोत्साहन
–सहज र सुपथ मूल्यमा कृषि मल र आधुनिक कृषि औजारको लागि अनुदान
–कृषि कार्यको लागि खपत भएको विद्युत् महसुलमा अनुदान
–कृषि तथा वाली बीमाको व्यवस्था
–उत्पादनशील जमिन बाँझो नरहने व्यवस्था
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
