बङ्गलादेशमा कार्यालय समय पुनः आठ घण्टा बनाइयो
बङ्गलादेश सरकारले विद्युत् अभावका कारण यसअघि गरिएको परिवर्तनपछि सोमबार पुनः नोभेम्बरदेखि कार्यालय समय परिवर्तन गरेको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मन्त्रिपरिषद्का सचिव खण्डकर अनवारुल इस्लामले सञ्चारकर्मीलाई जानकारी दिए ।
उनका अनुसार यसअघि सरकारी कार्यालय र स्वायत्त संस्था बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सात घण्टा चलाउँदै आइएका थियो तर यसमा परिवर्तन गरी बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आठ कार्यालय समय तोकिएको छ ।
अधिकारीका अनुसार नयाँ कार्यतालिका नोभेम्बर १५ देखि लागू हुनेछ । सर्वोच्च अदालत, बंगलादेश बैंक र विद्यालय तथा कलेज प्रशासनले आ–आफ्नो कार्यतालिका तय गर्नसक्ने उनले बताए । इन्धन अभावको सामना गरिरहेको बङ्गलादेशले विद्युत् बचत गर्न र ट्राफिक जाम कम गर्न गत अगष्टमा सरकारी कार्यालयको समय एक घण्टा घटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण