पूर्व स्वीकृतिविना टर्कीमा कामदार पठाउन खोज्ने मेनपावर कम्पनीमा छापा
वैदेशिक रोजगार विभागले एक मेनपावर कम्पनीमा छापा मारेको छ । मागपत्र र पूर्व स्वीकृति विना नै नेपाली कामदारलाई टर्की पठाउन खोजिरहेको मास्टर जब प्रालिमा विभागले छापा मारेको हो । छापा मारेर महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको विभागका निर्देशक कुष्णप्रसाद भुसालले जानकारी दिए ।
टर्कीका विभिन्न कम्पनीमा हेभि ड्राइभर काममा पठाउन भनी कामदार छनौटको अन्तर्वार्ता/ट्रायल भइरहेको भन्ने सूचना विभागसम्म पुगेको थियो । सूचना प्राप्त हुनासाथ सोमबार विभागको टोली अन्तर्वार्ता/ट्रायल लिइरहेको अवस्थामा पुगेको थियो । छापा मार्ने क्रममा ३० जनासँग अन्तर्वार्ता लिइरहेको थियो ।
उक्त कम्पनीले कामदार मागपत्र प्रमाणीकरण नगरिकनै टर्की पठाउने भनेर युवाहरूसँग अन्तर्वार्ता लिइरहेको पाइएको निर्देशक भुसालले बताए । विभागको टोलीले सो सम्बन्धी कागजातहरू बरामद गरी आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण