सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा विकासको बहार ल्याउँछु : श्रेष्ठ

बुधबार, १६ कात्तिक २०७९, १३ : १२
बुधबार, १६ कात्तिक २०७९

नेकपा एकीकृत समाजवादीका नेता एवम पूर्वमन्त्री किसान श्रेष्ठले बारामा विकासको बहार ल्याउने दाबी गरेका छन् । बाराको परवानीपुरमा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा नेता श्रेष्ठले वृहत् समृद्धिको सम्भावना भएर पनि अपेक्षित विकास हुन नसकेको बारा जिल्लाको समग्र विकासका लागि आफूले नेतृत्व लिने जिकिर गरे ।

बाम लोकतान्त्रिक गठबन्धनबाट बारा–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भएका श्रेष्ठले राष्ट्रिय महत्वका परियोजनाहरू आफूले अघि बढाउने प्रतिवद्धता जनाए ।  ‘करिडोर व्यवस्थित बनाउने, रोजगारी सिर्जना गर्ने, सिँचाइ सुविधा पुर्याउने, कृषिको आधुनिकीकरण गर्ने जस्ता योजना छन् । निर्वाचित भएपछि अघि बढाउनु छु’ श्रेष्ठले भने । सोही अवसरमा  एमालेका नेता रामेश्वर पटेल नेतृत्वमा ३ सय जना एकीकृत समाजवादी मा प्रवेश गरेको दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप