बारामा विकासको बहार ल्याउँछु : श्रेष्ठ
बुधबार, १६ कात्तिक २०७९, १३ : १२
नेकपा एकीकृत समाजवादीका नेता एवम पूर्वमन्त्री किसान श्रेष्ठले बारामा विकासको बहार ल्याउने दाबी गरेका छन् । बाराको परवानीपुरमा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा नेता श्रेष्ठले वृहत् समृद्धिको सम्भावना भएर पनि अपेक्षित विकास हुन नसकेको बारा जिल्लाको समग्र विकासका लागि आफूले नेतृत्व लिने जिकिर गरे ।
बाम लोकतान्त्रिक गठबन्धनबाट बारा–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भएका श्रेष्ठले राष्ट्रिय महत्वका परियोजनाहरू आफूले अघि बढाउने प्रतिवद्धता जनाए । ‘करिडोर व्यवस्थित बनाउने, रोजगारी सिर्जना गर्ने, सिँचाइ सुविधा पुर्याउने, कृषिको आधुनिकीकरण गर्ने जस्ता योजना छन् । निर्वाचित भएपछि अघि बढाउनु छु’ श्रेष्ठले भने । सोही अवसरमा एमालेका नेता रामेश्वर पटेल नेतृत्वमा ३ सय जना एकीकृत समाजवादी मा प्रवेश गरेको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण