३१ औं अरब लिग शिखर सम्मेलनमा सीद्वारा बधाई
चीनका राष्ट्रपति सी चिनफिङले मङ्गलबार अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबोनोलाई अरब लिग शिखर सम्मेलनको बधाई दिएका छन् । अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्स्मा मङ्गलबार साँझदेखि सुरु भएको छ । अरब लिगको ३१ औँ शिखर सम्मेलन अवसरमा सिले बधाई सन्देश पठाएका हुन् ।
अरब लिगले मध्यपूर्वमा शान्ति र स्थायित्व कायम गर्दै बहुपक्षीयता र विकासोन्मुख देशहरूको साझा हितको रक्षाका लागि निरन्तर प्रयास गरिरहेको उनले बताएका छन् । चिनियाँ राष्ट्रपतिले अरब देशहरू बीचको ऐक्यबद्धतालाई सुदृढ गर्न अल्जेरियाको दीर्घकालीन प्रतिबद्धता, विकासशील देशहरूको वैधानिक अधिकार र हितको रक्षा गर्नको लागि सक्रिय भूमिकाको प्रशंसा गरेका छन् ।
ट्युनिसियाका राष्ट्रपति काइस साइदले अरब लिगको अध्यक्षता गरिरहेका थिए । मंगलबार साँझ अल्जियर्स्मा सो सम्मेलन सुरु भएपछि त्यसको अध्यक्षता उनले अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबेनोलाई हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण