नेदरल्यान्ड्सले जिम्बावेलाई हरायो
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले जिम्बावमाथि जित निकालेको छ । बुधबार जिम्बावेलाई ५ विकेटले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो । अष्ट्रेलियाको एडिलेटमा जिम्बावेले दिएको ११८ रनको लक्ष्य नेदरल्यान्ड्सले १७ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेदरल्यान्ड्सको जितमा म्याक्स ओडोडले ५२ रनको अर्धशतकीय इनिङ खेले । यस्तै टम कुपरले ३२ रन बनाए । जिम्बावेका ब्लेसिङ मुजराबानी र रिचार्ड एनगाभाराले दुई दुई तथा लुक जोंग्वेले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले १९ ओभर २ बलमा अलआउट हुँदै ११७ रन बनाएको थियो ।
जिम्बावेका लागि सिकन्दर राजाले ४० रन बनाए । सिन विलियम्सले २८ रन जोडे । नेदरल्यान्ड्सका लागि पाउल भान मिइकीरेनले ३ विकेट लिए । जितसँगै समूह २ को नेदरल्यान्ड्सले ४ खेलमा २ अंक जोडेको छ । जिम्बावे ४ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण