बैतडीका प्रत्येक पालिकामा नमूना मतदान
जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गरेको छ । मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको हो ।
जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार मतदान गर्ने तरिकाबारे जानकारी दिन नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । पाटन नगरपालिकाबाट सुरु भएको यो कार्यक्रम जिल्लाका अन्य नौ वटै स्थानीय तहमा पनि सञ्चालनको तयारी भएको छ ।
निर्वाचन आयोगको कार्यक्रमअनुसार स्थानीय तहका केन्द्र आसपासका क्षेत्रमा नमूना मतदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सोहीअनुसार उक्त नगरपालिकाको पाटन बजार क्षेत्रमा नमूना मतदान कार्यक्रममा सात मत बदर भएको थियो । एक जनाले चार मतपत्रमा मतदान गर्नुपर्ने उक्त कार्यक्रममा ७१ जनाले मतदान गर्दा दुई सय ८४ मत खसेको र सात मत बदर भएको थियो ।
नमूना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिन लागिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलको भनाइ थियो । नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । पाटनपश्चात् पुर्चांडीमा नमूना मतदान गरिने उक्त कार्यालयले जनाएको छ ।
आसन्न निर्वाचनमा एक मतदाताले प्रत्यक्ष र समानुपातिक गरेर चार मतपत्रमा मतदान गर्नुपर्नेछ । निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन मतदाता शिक्षा सञ्चालनको पनि तयारी भएको छ । समुदायस्तरमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
आयोगले आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएकाले मतदान गर्न पाउने छन् । जिल्लामा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण