इमरानको आरोपप्रति पाकिस्तानी सेना कठोर
इमरान खानले आफूमाथि भएको हमलाका लागि प्रधानमन्त्री, गृहमन्त्री र पाकिस्तानी सेनाका एक जनरललाई जिम्मेवार ठहर गरेका छन् । इमरान खानलाई बिहीबार गुजरानवालामा एक आक्रमणकारीले गोली हानेर घाइते बनाएका थिए । यस हमलामा खानको पार्टीका एक कार्यकर्ताको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका थिए ।
लाहोरको शौकत खानम अस्पतालबाट जनतालाई सम्बोधन गर्दै इमरान खानले तीन जनामाथि हमलाको प्रत्यक्ष आरोप लगाएका छन् । खानले प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र आईएसआई प्रमुख मेजर जनरल फैसल नसिरले उनको हत्याको षड्यन्त्र रचेको बताएका छन् ।
पाकिस्तानी सेनाको मिडिया विंग आईएसपीआरले भने खानको आरोपलाई निराधार र गैरजिम्मेवारपूर्ण भनेको छ। ‘सेना र यसका अधिकारीहरू विरुद्ध झूटा आरोपका लागि जिम्मेवार व्यक्तिहरू विरुद्ध कानुनी कारबाही गर्न पाकिस्तान सरकारलाई अनुरोध गरिएको छ,’ पाकिस्तानी सेनाले आफ्नो विज्ञप्तिमा भनेको छ।
पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले पनि खानको आरोप अस्वीकार गरेका छन् । प्रधानमन्त्री शाहबाज सरिफले घटनाको दिन निन्दा गर्दै छानबिनको आदेश दिएका छन्।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण