मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

ट्वीटरमा भएको नोक्सानको जिम्मेवार अभियन्ता : मस्क

शनिबार, १९ कात्तिक २०७९, ०८ : ३२
शनिबार, १९ कात्तिक २०७९

ट्वीटरका नयाँ मालिक इलोन मस्कले ट्वीटरको कम आम्दानीका लागि अभियन्ता समूहहरूलाई दोष दिएका छन्। मस्कको आरोप छ कि कम्पनीले खर्च कटौती गर्नको लागि कर्मचारी कटौती गरेसँगै अभियन्ता समूहहरूले विज्ञापनदाताहरूलाई ट्वीटरको आय कटौती गर्न दबाब दिइरहेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘ट्वीटरको कमाई निकै कम भएको छ । अभियन्ता समूहहरूले विज्ञापनदाताहरूलाई दबाब दिइरहेका छन्, जबकी सामग्री मोडरेसन अपरिवर्तित छ र हामीले अभियन्ताहरूलाई खुसी पार्न सबै काम गरेका छौँ। उनीहरुले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रतालाई नष्ट गरिरहेका छन् ।’

मस्कले शुक्रबार ट्वीटरबाट विश्वव्यापी रूपमा कर्मचारी कटौती  हुने घोषणा गरेका थिए ।  रिपोर्टका अनुसार हालसम्म हजारौँ मानिसलाई निकालिएको छ। कम्पनीको सुरक्षा प्रमुख योल रोथले हालसम्म ५० प्रतिशत कर्मचारीहरूलाई ट्वीटरबाट हटाइएको पुष्टि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप