अफगानिस्तान बाहिरिँदा नाबीले दिए कप्तानबाट राजीनामा
शनिबार, १९ कात्तिक २०७९, १२ : ४५
मोहम्मद नाबीले अफगानिस्तानको कप्तान पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप क्रिकेटको सुपर १२ बाट अफगानिस्तान बाहिरिएसँगै उनले कप्तान पदबाट राजीनामा दिएका थिए । यसअघि रासिद खानले पनि एसियाकप सुरु नहुँदै कप्तान पदबाट राजीनामा दिएका थिए ।
अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकपमा शुक्रबार अफगानिस्तान अष्ट्रेलियासँग पराजित भएको थियो । विश्वकपमा अफगानिस्तान जित विहीन रह्यो । अफगानिस्तानले ५ खेलमा ३ हार र दुई नतिजा विहीनको नतिजा निकाल्यो ।
अफगानिस्तान समूह १ को पुछारमा रह्यो । नाबीले विश्वकप अघि अफगानिस्तानको कप्तानी सम्हालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण