इमरान खानको पत्रकार सम्मेलनको प्रसारण प्रतिबन्ध हटाइने
आइतबार, २० कात्तिक २०७९, ०६ : ४३
पाकिस्तान सरकारले पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी एण्ड अथारिटी (पीइएमआरए)लाई पीटीआई अध्यक्ष इमरान खानको पत्रकार सम्मेलनको प्रसारण वा पुनः प्रसारणमा च्यानलहरूमाथि लगाइएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।
सूचना मन्त्री मरियम औरंगजेबको कथनलाई उद्धृत गर्दै डनका अनुसार प्रधानमन्त्री सहबाज सरिफले संविधानको धारा १९ (वाक स्वतन्त्रता) अन्तर्गत कानुनी आवश्यकताहरूको निरन्तर कार्यान्वयन सुनिश्चित गर्न मिडिया वाचडगलाई आदेश दिएका छन्।
विज्ञप्तिमा भनिएको प्रतिबन्ध हटाउने निर्देशन पीइएमआरए अध्यादेश सन् २००२ को धारण ५ अन्तर्गत दिइएको उल्लेख छ। “प्रधानमन्त्रीले इमरान खानको पालाको तीतो परम्पराको अन्त्य गरेर नयाँ परम्परा स्थापित गरेका छन्, सूचना मन्त्री औरंगजेबले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण