शुक्र अस्तले चतुर्मास व्रत उद्यापन रोकिँदैन : धर्मशास्त्रविद्
शुक्र अस्तमा चतुर्मास व्रत समापन गर्न नहुने भनी गरिएको प्रचारप्रसार शास्त्रीय नभएकामा धर्मशास्त्रविद्ले जोड दिएका छन् । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म घर घरमा विशेषरुपमा तुलसीको पूजा आराधनासहित चतुर्मास व्रत एवम् कार्तिक स्नान गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीले कार्तिक शुक्ल द्वादशीदेखि हवन गरेर व्रत समापन गर्ने गर्छन् ।
यस वर्ष असोज १४ गते अस्त भएको शुक्र मङ्सिर ६ गते उदय हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो अवधिमा कुनै कामनाले गरिने कर्म मात्र गर्न नहुने धर्मशास्त्रविद् समितिका सदस्य प्राडा.देवमणि भट्टराई बताउँछन् । चतुर्मास व्रत प्रत्येक वर्षको नियमित कर्म भएकाले शुक्र एवं वृहस्पति अस्तले यस्ता कर्म नरोकिने उनले सुनाए । केही व्यक्तिले सामाजिक सञ्जाललगायतबाट गरेको यससम्बन्धी प्रचारप्रसार गलत रहेको समितिले जनाएको छ ।
धर्मशास्त्रविद् प्राडा.रामचन्द्र गौतम शुक्र अस्त भएकाले चतुर्मास व्रत समापन गर्नुहुन्छ कि हुन्न भनि दैनिक धेरैले सम्पर्क गर्ने गरेको बताउँछन् । तिथिअनुसार प्रत्येक वर्ष मनाइने चाडबाड मनाउन र नियमित व्रत समापन गर्न शुक्र एवम् वृहस्पति अस्तले फरक नपर्ने उनले बताए । पुराण वाचन, विवाह, व्रतबन्धजस्ता कर्म भने शुक्र एवम् वृहस्पति अस्तका बेला गर्नु नहुने शास्त्रीय वचन छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वादशीदेखि मार्ग शीर्ष कृष्ण पञ्चमीसम्म तुलसीको विशेष पूजा समापन गर्न गरिने हवनका लागि अग्नि जुराउनु पर्दैन । त्यसपछि भने अग्नि जुरेका दिनमा मात्र चतुर्मास व्रत समापनसहित तुलसीको विशेष पूजा उद्यापन गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण