जवान देखिन प्लास्टिक सर्जरी गर्ने यी अभिनेता
आजको समयमा जोकोही सुन्दर र जवान देखिन चाहन्छन् । यसका लागि मानिसहरू क्रिम र ब्यूटी उपचारको सहारा लिन्छन् । यस्ता कुराको उपयोग युवती र अभिनेत्रीहरू बढी गर्छन् भन्ने चर्चा चल्छ । तर बलिउडमा यस्ता केही अभिनेता छन्, जो आफूलाई हेन्डसम देखाउनका लागि प्लास्टिक सर्जरी गर्नसम्म पनि पछि परेका छैनन् ।
आमिर खान
आमिर खानलाई मिस्टर पर्फेक्सनिस्ट त्यसै भनिएको होइन । उनी हरेक चिजमा आफ्नो पर्फेक्सन देखाउँछन् । बलिउडमा आफ्नो अभिनयको जादू देखाएका आमिर खान उमेरले भलै ५७ वर्षका भए, तर उनी अहिले पनि जवान देखिन्छन् । आमिरले अनुहारको दाग र डन्डीफोर हटाउन कस्मेटिक सर्जरी गराएका थिए ।
अक्षय कुमार
अक्षय कुमार बलिउडका फिट अभिनेतामा पर्दछन् । तर उमेर बढेसँगै उनको कपाल झर्न थालेको थियो । यसलाई रोक्न उनले हेयर ट्रान्सप्लान्टको सहारा लिए ।
रणवीर कपुर
रणवीर कपुर हालै एक छोरीको पिता बने । आलिया भट्टका पति रणवीरले आलियासँग विवाह गर्नुअघि हेयर ट्रान्सप्लान्ट गरेका थिए ।
सलमान खान
यो सूचीमा सलमान खानको नाममा पनि पर्छ । भलै सलमानले हालसम्म विवाह गरेका छैनन्, तर आफूलाई जवान र हेन्डसम देखाउन कुनै कसर बाँकी राखेका छैनन् । सलमानले हेयर ट्रान्सप्लान्टसँगै बोटक्स र चिक फिलर्स पनि गराएका छन् ।
शाहरुख खान
अभिनेता शाहरुख खानले हालै मात्र ५७औं जन्मदिन मनाए । उनी उमेरले बुढो भए पनि उनको अनुहारमा त्यो देखिएको छैन । शाहरुखले बोटक्स ट्रिटमेन्ट गराएका छन् । उनले जवान देखिनका लागि कैयौं इन्जेक्सन पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण