लाइसेन्स देखाएर पनि भोट हाल्न पाइने
मङ्गलबार, २२ कात्तिक २०७९, १७ : ३९

मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र बाहेक परिचय खुल्ने अन्य कागजात देखाएर पनि मत हाल्न पाउने भएका छन् ।
‘नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ’, निर्वाचन आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको÷नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ नेतृत्व आइसक्दा पनि एनआरएनए विवादसम्बन्धी मुद्दा विचाराधीन
-
संस्था बचाउनका लागि एनआरएनए अध्यक्षमा मैले त्याग गरेँः शर्मा
-
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
-
कांग्रेस निकट महेश श्रेष्ठ एनआरएनए ‘एकता महाधिवेशन’बाट अध्यक्ष चयन, कार्यसमितिमा को–को ? (सूचीसहित)
-
प्रचण्डले बोलाए पदाधिकारी बैठक
-
१४ बलको त्यो अद्भुत उपलब्धि...