गायक आशिष ओएसआरमा अनुबन्धित
बुधबार, २३ कात्तिक २०७९, ०९ : १६
‘दारी फुल्यो बैँसैमा’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’ लगायतका हिट गीत दिएका गायक आशिष सचिन ओएसआर डिजिटलसँग अनुबन्धित भएका छन् ।
८ गीत सहित विभिन्न प्रोजेक्ट निर्माणमा एक वर्ष सहकार्य गर्ने गरेर उनी ओएसआरसँग जोडिएका हुन् । ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाखमा एक वर्षका लागि अनुबन्धित गरेको ओएसआर डिजिटलका प्रमुख ओम अग्रवालले बताए । अग्रवालका अनुसार गायक आशिषले १ वर्षसम्म ओएसआरमा आबद्ध रहेर ८ गीत, म्युजिक भिडियो र केही विज्ञापनमा काम गर्नेछन् ।
पछिल्लो समय लगातार हिट गीत दिँदै आएका आशिष गायनको अलावा म्युजिक भिडियो अभिनयमा पनि सक्रिय छन् । गायन सँगसँगै म्युजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशिषले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो ‘छमक छमक तेरी पाउजुले’ चर्चामा छ । उनी देश तथा विदेशका कार्यक्रममा पनि व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाैरीघाटकाे बाढी बढ्दै, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ
-
देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
-
यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण