‘मेरी बास्सै’ मा फिल्मका भिलेन मुकुन्दको इन्ट्री
पछिल्लो समय हास्य श्रृंखलामा फिल्मका कलाकारको पनि आकर्षण बढ्न थालेको छ । यस्तैमा ७ सय ८० भाग प्रशारण भइसकेको श्रृखला ‘मेरी बास्सै’ मा चलचित्रका भिलेन मुकुन्द श्रेष्ठ पनि देखिन थालेका छन् ।
हाँस्य ब्यंग्यसँगै सामाजिक जनचेतना मुलक सामाग्री समेटेर प्रसारण हुँदै आएको श्रृंखलामा श्रेष्ठ वडाकाजीको भुमिकामा देखिन थालेका हुन् । मेरी बास्सैका मुख्य कलाकार मध्य एक काजीबा अर्थात रामचन्द्र अधिकारीको स्वास्थ्य अवस्था सामान्य हुन समय लाग्ने भएपछि निर्माण युनिटले उनलाई यो भुमिकामा प्रस्तुत गरेको हो ।
‘श्रृखंलामा वडाकाजीको भुमिका दमदार छ । त्यसमा मुकुन्द श्रेष्ठ सुहाउने भएकाले लिएका हौँ’ निर्देशक दिवाकर भण्डारीले भने ‘अब सधैं हुने नहुने बिषय टुंगो लागेको छैन्, अग्रज कलाकार हामीसँंग रहनुपर्छ भन्ने मेरो चाहाना हो ।’
मुकुन्द श्रेष्ठ नेपाली फिल्मका नाम चलेका भिलेन् हुन् । उनले थुप्रै फिल्ममा आफूलाई डरलाग्दो खलनायकको रुपमा प्रस्तुत गरिसकेका छन् । पछिल्लो समय ‘मेरी बास्सै’ मा सुरबिर पण्डित, लक्ष्मी गिरी, रामचन्द्र अधिकारी, सुरेन्द्र के.सी., पल्पसा डंगोल, निरु खड्का, टिकाभक्त जिरेल लगायतका कलाकार देखिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाैरीघाटकाे बाढी बढ्दै, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ
-
देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
-
यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण