सुत्केरी भएको सात महिनापछि दोस्रो पटक आमा बनिन् टिभी अभिनेत्री देबिना बनर्जी
सुत्केरी भएको सात महिनापछि टिभी अभिनेत्री देबिना बनर्जी पुनः आमा बनेकी छिन् । उनले छोरी जन्माएकी छिन् । उनका श्रीमान् तथा टिभी अभिनेता गुरमित चौधरीले यसबारे जानकारी दिँदै पोस्ट सेयर गरेका छन् । देबिनाको निधारमा चुमेको फोटो पोस्ट गर्र्दै उनले लेखे, ‘बेबी गर्ल, तिमीलाई यो दुनियाँमा स्वागत छ । हामी दोस्रोपटक आमाबुवा बनेका छौँ । यतिबेला हामी हाम्रो गोपनियताको आशा राख्छौँ । हाम्री छोरी समय अगावै यो दुनियाँमा आएकी हुन् । तपाईंहरु सबैले आफ्नो प्रेम र आशीर्वादको वर्षा गरिराख्नुहोस् ।’
अप्रिलमा जन्मेकी थिइन् जेठी छोरी
देबिना बनर्जीले ३ अप्रिलमा छोरी लिएनालाई जन्म दिएकी थिइन् । उनी जन्मेको एक महिनापछि नै उनले आफ्नो दोस्रो गर्भावस्थाबारे जानकारी दिएकी थिइन् । यतिबेला देबिना मात्रै नभई गुरमित चौधरी पनि मज्जाले ट्रोल भएका थिए । मानिसहरुले किन यति छिटो भनेर प्रश्न सोधिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकु गोली प्रकरण : लागुऔषध बोकेर आजै काठमाडौँ आएका थिए राज
-
धादिङमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द
-
नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्ने गरी आर्थिक क्रियाकलापलाई अघि बढाऔँ : राष्ट्रपति
-
उपाधि भिडन्तमा स्पेन र अर्जेन्टिना (भिडियो)
-
कुन प्रदेशमा सवारी दर्ता गर्दा सस्तो पर्छ वार्षिक कर ?
-
'हामीले सरकार ढालेको होइन, अल्पमतमा परेपछि विकल्प मात्र दिएका हौँ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
