सेन्सरमा परिवार प्रवेशको विषयमा निश्चलको कटाक्ष
फिल्म ‘उचाइ’ को सेन्सरको समयमा सेन्सर बोर्डका कर्मचारीले परिवारको सदस्य समेत राखेको भन्दै अहिले सामाजिक संजालमा आलोचना भइरहेको छ । शुक्रबारदेखि रिलिजमा आएको बलिउड फिल्म ‘उचाइ’को सेन्सरमा सेन्सर बोर्डका पदाधिकारी मात्र नभइ उनीहरूका आफन्त र परिवारसमेत सहभागी भएको भिडियो बाहिरिएपछि बोर्डको आलोचना सुरु भएको हो ।
सेन्सरको यो क्रियाकलापको विषयमा निर्देशक निश्चल बस्नेतले प्रश्न उठाएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै सेन्सर नियम मिच्ने पदाधिकारी, सेन्सर बोर्ड र चलचित्र विकास बोर्डलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘वाह, चलचित्र सेन्सर बोर्ड । संचार मन्त्रालयमा भएको छलफल, निर्णय झलझल आद आयो । पदाधिकारीबाहेक अरु कसैलाई फिल्म सेन्सर हुँदा राखिने छैन भन्नुभएको थियो । २०१२ मा ‘लुट’ सेन्सर हुँदा सपरिवार बच्चा बच्चीसँगै राखेर पदाधिकारीहरुले सेन्सर गर्नुभएको थियो । अनि मलाई भाषण दिनुभएको थियो ।’
निश्चलले अगाडि लेखेका छन्, ‘२०२२ मा पनि ‘उचाइ’ सेन्सर गर्न सपरिवार नै बस्नुभएछ । नियम जाओस् टुकुचामा । अब हेर्नुछ मलाई को कसको जागिर जान्छ कि, स्पष्टीकरण मागेर छोडिनेछ । संचार मन्त्रालयले आफ्ना पदाधिकारी, सेन्सर बोर्ड र चलचित्र विकास बोर्डलाई कडा कारबाही गर्छ कि गर्दैन ? जुन जोगी आएपनि कान चिरिएका ‘दुइटै कान ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाैरीघाटकाे बाढी बढ्दै, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ
-
देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
-
यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण