आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सर्लाहीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

शनिबार, २६ कात्तिक २०७९, १३ : ३१
शनिबार, २६ कात्तिक २०७९

सर्लाहीको ईश्वरपुरमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । गएराति इश्वरपुर नगरपालिका–९, खोरिया टोलमा नम्बर नखुलेको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा परेर सोही मोटरसाइकलका चालक चन्द्रनगर गाउँपालिका–६, का विजय मुखियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । 

दुर्घटनामा परेका मुखियाको मुख, टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागेको थियो । उनलाई स्थानीयले गम्भीर अवस्थामा उद्धार गरी नजिकैको सिद्विविनायक अस्पताल पुर्‍याएका थिए । अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो ।

बयलवासबाट तीब्र गतिमा चन्द्रनगरको नाढिमैनतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक जाँचबुझबाट खुलेको प्रहरीको भनाइ छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

मृतक युवकको शव प्रहरीले प्रादेशिक अस्पताल मलंगवामा परीक्षणपश्चात आफन्तको जिम्मा लगाएको छ । -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप