सर्लाहीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
सर्लाहीको ईश्वरपुरमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । गएराति इश्वरपुर नगरपालिका–९, खोरिया टोलमा नम्बर नखुलेको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा परेर सोही मोटरसाइकलका चालक चन्द्रनगर गाउँपालिका–६, का विजय मुखियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
दुर्घटनामा परेका मुखियाको मुख, टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागेको थियो । उनलाई स्थानीयले गम्भीर अवस्थामा उद्धार गरी नजिकैको सिद्विविनायक अस्पताल पुर्‍याएका थिए । अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो ।
बयलवासबाट तीब्र गतिमा चन्द्रनगरको नाढिमैनतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक जाँचबुझबाट खुलेको प्रहरीको भनाइ छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
मृतक युवकको शव प्रहरीले प्रादेशिक अस्पताल मलंगवामा परीक्षणपश्चात आफन्तको जिम्मा लगाएको छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण