मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

चुनाव जितेर किसान आन्दोलनको नेतृत्व गर्नेछु : खनाल

आइतबार, २७ कात्तिक २०७९, ११ : २७
आइतबार, २७ कात्तिक २०७९

कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका माओवादी केन्द्रका नेता चक्रपाणि खनाल (बलदेव) ले निर्वाचन जितेर किसान आन्दोलनको नेतृत्व गर्ने बताएका छन् । 
कापिलवस्तुको बाणगंगामा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले यसअघि पनि चुनाव जितेर किसानको पक्षमा धेरै नीतिगत काम गरेको उल्लेख गरे । उनले किसानको पक्षमा अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
नेता खनालले भने, ‘मुलुकको पुर्नसंरचनासंगै हामी तिन तहको सरकारको अभ्यासमा छौँ, प्रदेश र स्थानीय सरकारले जनताको विकासको पक्षमा काम गर्नुपर्दछ, संघको काम नीति र कानुन बनाउने हो । सांसद र मन्त्री भएर भएर मैले केही नीतिगत काम गरे, थप काम अब गर्ने छु ।’

पूर्वकृषिमन्त्री समेत रहेको खनालले थपे, ‘१८ महिनाको मन्त्रीकालमा धेरै के गर्न सकिन्छ र केही काम गर्न खोजेको थिएँ, तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग कुरा मिलेन, मैले तरकारीको विषादी जाँच गर्नुपर्ने, खसीबोका आयात बन्द गर्नुपर्छ भनेँ, पाउडर दूध रोकौँ भनेँ तर केपी ओलीले मान्नु भएन ।’

आफूले बनाएका नीतिलाई अब बन्ने गठबन्धनको सरकारले कार्यान्वयनमा ल्याउने बताउँदै कपिलवस्तुको मात्र विकास नभएर देशभरको कृषि क्षेत्रमा आमूल परिवर्तन गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप