पर्यटन मन्त्री श्रेष्ठद्वारा मरणोपरान्त अंगदान गर्ने घोषणा
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अंग मृत्यु पश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी अंगदानको घोषणा गर्नुभएका छन् । मन्त्री श्रेष्ठले मृत्यु पश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा दान दिने मन्जुरीनामा पत्रमा हस्ताक्षर गरेका छन् ।
मन्जुरीनामामा भनिएको छ,‘मेरो मृत्यु पश्चात् मेरो शरीरबाट मृगौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा झिकी मृगौला, मुटु, फोक्सो, कलेजो, प्याक्रियाज, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मन्जुरी भएकोले मानव शरीरको अंग प्रत्यारोपण ‘नियमित तथा निषेध’ ऐन २०५५ को दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम जानी बुझी स्वेच्छाले यो मञ्जुरीनामा लेखि दिएको छु ।’
आफूले दान गरेका अंगबाट कुनै बिरामीले पुनर्जीवन पाउने भएकोले अंगदानको घोषणा गरेको मन्त्री श्रेष्ठले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण