सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनले बहुमत ल्याउँछ : डा.कोइराला

बिहीबार, ०१ मङ्सिर २०७९, २० : ५९
बिहीबार, ०१ मङ्सिर २०७९

नेपाली कांग्रेसका नेता एवं नवलपुर प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा. शशाङ्क कोइरालाले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारको जीत निश्चित भएको दाबी गरे ।

नवलपुरको देवचुलीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा गठबन्धनले बहुमत ल्याउने र गठबन्धनकै सरकार बन्ने बताए । डा.कोइरालाले गैँडाकोटदेखि त्रिवेणीसम्मको नारायणी कोरिडोर सडक निर्माण विस्तार आगामी दुई वर्षभित्र सम्पन्न हुने जानकारी दिए ।

“नारायणीको तटबन्धसँगै त्रिवेणीसम्म तटबन्ध र सडक बन्छ ” उनले भने 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप