केकी अधिकारीले मागिन् गगन र प्रदीपलाई भोट
बिहीबार, ०१ मङ्सिर २०७९, २२ : ५६
अभिनेत्री केकी अधिकारीले कांग्रेसका दुई नेता गगन थापा र प्रदीप पौडेललाई भोट मागेकी छन् । कांग्रेस महामन्त्री समेत रहेका थापा काठमाडौं ४ र युवा नेता प्रदीप पौडेल काठमाडौं ५ मा प्रतिनिधिसभा उम्मेदवार रहेका छन् ।
बुधबार गगनको पक्षमा भोट मागेकी केकीले बिहीबार प्रदीपलाई भोट माग्दै आशा गरिएका नेतालाई जिताइनुपर्नेमा जोड दिएकी छन् ।
दुवै नेतालाई भोट माग्न उस्तै भाषा शैली प्रयोग गरेकी अधिकारीले भनेकी छन्, ‘हामीले हाम्रो नेतामा खोज्नुपर्ने गुणहरू जस्तै युवाको ऊर्जा, राजनीतिक अनुभव, इमानदारिता र दूरदर्शिता यी सम्पूर्ण गुणहरू मैले पाएको छु ।’ उनले दुबै उम्मेदवारलाई विजयको शुभकामना दिँदै उनीहरूको संसदमा प्रतिनिधित्व आवश्यक रहेको धारणा राखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण