महोत्तरीमा चारै क्षेत्रका ४९९ मतदान केन्द्रमा सम्पूर्ण तयारी पूरा
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि महोत्तरीमा सबै क्षेत्रको तयारी पूरा भएको छ । जिल्लाका चार वटै क्षेत्रमा निर्धारण गरिएको ४९९ मतदान केन्द्र र २५८ मतदानस्थलमा सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकृत सुबोधकुमार महतोले जानकारी दिए ।
जिल्लाका चार निर्वाचन क्षेत्र छन् । भूगोलअनुसार नै मतदान केन्द्र र मतदानस्थलको व्यवस्थापन गरिएको छ । निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभाको लागि ५९ वटा मतदानस्थल र १२३ वटा मतदान केन्द्र छन् । जसमध्ये क मा ३१ वटा मतदानस्थल र ६५ वटा मतदान केन्द्र, ख मा २८ वटा मतदानस्थल र ५८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।
यस्तै, निर्वाचन क्षेत्र २ मा ६२ वटा मतदानस्थल र १२६ वटा मतदान केन्द्र रहेका छन् । जसमध्ये क मा २९ मतदानस्थल, ६० मतदान केन्द्र, ख मा ३३ मतदानस्थल र ६६ मतदान केन्द्र छन । निर्वाचन क्षेत्र ३ मा ७७ वटा मतदानस्थल र १२८ वटा मतदान केन्द्रगरी सवैभन्दा बढी छन् । क मा ३३ मतदानस्थल र ६२ मतदान केन्द्र, ख मा ४४ मतदानस्थल र ६६ मतदान केन्द्र छन् ।
निर्वाचन क्षेत्र ४ मा ६० मतदानस्थल र १२२ मतदान केन्द्र छन । यसमध्ये क मा २५ मतदानस्थल र ५८ मतदान केन्द्र, ख मा ३५ मतदानस्थल र ६४ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । चारै क्षेत्रमा ३ लाख ९७ हजार मतदाता छन् । जसमध्ये २ लाख १५ हजार १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण