बदर नहुने गरी यसरी गरौँ मतदान
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार मतदान हुँदैछ। निर्वाचनमा आफूले चाहेको प्रतिनिधि छान्न मतदाताले सही तरिकाले आफ्नो मताधिकार प्रयोग गर्न आवश्यक छ ।
यस पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्य तर्फ प्रत्यक्ष र समानुपातिकमा एक–एक त्यस्तै प्रदेशसभा अन्तर्गत प्रत्यक्ष र समानुपातिक एक–एक गरी जम्मा ४ वटा मत पत्र रहेका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार सबैभन्दा पहिला मतदाताले आफ्नो नाम रहेको मतदान स्थलमा पुगेर त्यहाँ खटिएका कर्मचारीको सहयोगमा आफ्नो परिचयपत्र भिडाएर मतदानका लागि अघि बढ्नु पर्ने हुन्छ । र मतदाताले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक गरी ४ वटा मतपत्रमा छुट्टाछुट्टै मतदान गर्नु पर्ने हुन्छ। त्यसका लागि मतदान स्थलमा खटिएका कर्मचारीहरूले मतदान अधिकृतहरूको दस्तखत भएका छुट्टाछुट्टै मत पत्र उपलब्ध गराउने छन् ।
यसपछि मतदाताले गोप्य स्थानमा पुगेर मत पत्रमा आफूले रोजेको निर्वाचन चिन्हमा स्पष्ट देखिने गरी स्वस्तिक छाप लगाउनु पर्ने छ । यदि एक भन्दा बढी ठाउँमा स्वस्तिक छाप लगाएमा त्यो मत पत्र बदर हुने पनि सहायक प्रवक्ता भट्टराईले बताए । एउटा मत पत्रमा रहेको एउटा निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाइसकेपछि उक्त छाप अन्य निर्वाचन चिन्हमा नछुने गरी वा नलतपतिने गरी पट्याएर मतपेटिकामा खसाल्नु पर्ने छ । यो प्रक्रिया निरन्तर ४ वटा मतपत्रका लागि नै लागु हुने पनि सहायक प्रवक्ता भट्टराई ले बताए । आफ्नो मत बदर हुन नदिन कसरी मतदान गर्ने त ? हेरौँ यसै सन्दर्भमा तयार यो भिडियो सामग्री :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण