शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बदर नहुने गरी यसरी गरौँ मतदान

शनिबार, ०३ मङ्सिर २०७९, १७ : ०४
शनिबार, ०३ मङ्सिर २०७९

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार मतदान हुँदैछ। निर्वाचनमा आफूले चाहेको प्रतिनिधि छान्न मतदाताले सही तरिकाले आफ्नो मताधिकार प्रयोग गर्न आवश्यक छ । 

यस पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्य तर्फ प्रत्यक्ष र समानुपातिकमा एक–एक त्यस्तै प्रदेशसभा अन्तर्गत प्रत्यक्ष र समानुपातिक एक–एक गरी जम्मा ४ वटा मत पत्र रहेका छन्  । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार सबैभन्दा पहिला मतदाताले आफ्नो नाम रहेको मतदान स्थलमा पुगेर त्यहाँ खटिएका कर्मचारीको सहयोगमा आफ्नो परिचयपत्र भिडाएर मतदानका लागि अघि बढ्नु पर्ने हुन्छ । र मतदाताले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक गरी ४ वटा मतपत्रमा छुट्टाछुट्टै मतदान गर्नु पर्ने हुन्छ। त्यसका लागि मतदान स्थलमा खटिएका कर्मचारीहरूले मतदान अधिकृतहरूको दस्तखत भएका छुट्टाछुट्टै मत पत्र उपलब्ध गराउने छन् । 

यसपछि मतदाताले गोप्य स्थानमा पुगेर मत पत्रमा आफूले रोजेको निर्वाचन चिन्हमा स्पष्ट देखिने गरी स्वस्तिक छाप लगाउनु पर्ने छ । यदि एक भन्दा बढी ठाउँमा स्वस्तिक छाप लगाएमा त्यो मत पत्र बदर हुने पनि सहायक प्रवक्ता भट्टराईले बताए । एउटा मत पत्रमा रहेको एउटा निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाइसकेपछि उक्त छाप अन्य निर्वाचन चिन्हमा नछुने गरी वा नलतपतिने गरी पट्याएर मतपेटिकामा खसाल्नु पर्ने छ । यो प्रक्रिया निरन्तर ४ वटा मतपत्रका लागि नै लागु हुने पनि सहायक प्रवक्ता भट्टराई ले बताए । आफ्नो मत बदर हुन नदिन कसरी मतदान गर्ने त ? हेरौँ यसै सन्दर्भमा तयार यो भिडियो सामग्री :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप