शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाँके–१ (२) मा  एमालेका चौधरी विजयी

शनिबार, १० मङ्सिर २०७९, ०६ : ४१
शनिबार, १० मङ्सिर २०७९

बाँके निर्वाचन क्षेत्र नंं १ प्रदेशसभा (२) मा नेकपा एमाले का दुर्गाप्रसाद चौधरी विजयी भएका छन् । उनले १५ हजार छ सय ५७ मत प्राप्त गरे । 

निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाएका छन् । उनीहरुबीच आठ सय ७७ मतान्तर रहेको छ । बाँके प्रदेश क्षेत्र नंं १ प्रदेशसभा (२) मा ६५ हजार दुई सय ५५ मतदाता रहेकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो । प्रतिनिधिसभा बाँके क्षेत्र नं १ मा नेकपा एमाले का सूर्यप्रसाद ढकाल निर्वाचित भएका छन् । 
  
सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार गरी सात जना उम्मेदवार रहेका थिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप