बाँके–१ (२) मा एमालेका चौधरी विजयी
शनिबार, १० मङ्सिर २०७९, ०६ : ४१
बाँके निर्वाचन क्षेत्र नंं १ प्रदेशसभा (२) मा नेकपा एमाले का दुर्गाप्रसाद चौधरी विजयी भएका छन् । उनले १५ हजार छ सय ५७ मत प्राप्त गरे ।
निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाएका छन् । उनीहरुबीच आठ सय ७७ मतान्तर रहेको छ । बाँके प्रदेश क्षेत्र नंं १ प्रदेशसभा (२) मा ६५ हजार दुई सय ५५ मतदाता रहेकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो । प्रतिनिधिसभा बाँके क्षेत्र नं १ मा नेकपा एमाले का सूर्यप्रसाद ढकाल निर्वाचित भएका छन् ।
सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार गरी सात जना उम्मेदवार रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण