बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तु २ मा कांग्रेसका सुरेन्द्र आचार्य विजयी

शनिबार, १० मङ्सिर २०७९, ०७ : ३५
शनिबार, १० मङ्सिर २०७९

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् ।

आचार्यले एमालेका बृजेश गुप्तालाई पराजित गरेका हुन् । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६९७ मत पाएका छन् ।

यस्तै राप्रपाका सविता शर्माले १ हजार ५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले १ हजार १२३ मत पाएका छन् । बृजेशले २०७४ सालमा यही क्षेत्र वाट जितेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप